अर्थ

कृषि राज्य मन्त्री रानाद्वारा चुलाचुलीमा धान संकलन गृहको उद्घाटन

ईलाम चैत ७ । कृषि क्षेत्रमा लागेका किसानलाई आत्मानिर्भर बनाउदै व्यवसायीक कृषिमा प्रवद्र्धन गर्न प्रदेश सरकार सदैव लागि परेको प्रदेश नं.१ का भूमी व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री रामबहादुर रानामगरले बताउनु भयो । मन्त्री रानामगरले उन्नत धान उत्पादन ब्लक आयोजना समिति चुलाचुलीद्वारा निर्मित धान संकलन गृहको उद्घाटनका क्रममा सो कुरा बताउनु भएको हो । Read More…

अर्थ

१ सय १३ वटा स्थानीय तहमा निर्माणाधिन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड निकासा

काठमाडौं । अर्थ मन्त्रालयले १ सय १३ वटा स्थानीय तहमा निर्माणाधिन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ शसर्त अनुदानका रुपमा निकासा गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधिन भवनहरुको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा रकम निकासामा स्वीकृत दिनु भएको हो Read More…

अर्थ

बजेटको तयारी शुरु, अर्थतन्त्रको पुनरुत्थानमा बजेट केन्द्रित गर्न सुझाव

काठमाडौं । आर्थिक वर्ष २०७८-७९ को बजेट अर्थतन्त्र पुनरुत्थानमा केन्द्रित हुनुपर्ने उद्योगी व्यवसायीले सुझाएका छन् । नेपाल राजस्व परामर्श समितिले आइतबार विराटनगरमा आयोजना गरेको आर्थिक वर्ष २०७८-७९ का लागि राजस्वमाथिको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीले यस्तो बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कर्पोरेट कर घटाएर दायरा बढाउनुपर्नेमा जोड दिए । ‘मूल्य अभिवृद्धि Read More…

अर्थ

निर्वाचन आयोगद्वारा २५ करोड रुपैयाँ बराबरको निर्वाचन सामग्री किन्न बोलपत्र आह्वान

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको मध्यावधि निर्वाचन का लागि निर्वाचन सामग्री खरिदको तयारी गरेको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी रिट सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन रहेको र इजलासले फैसला सुनाउने तयारी गरिरहेको अवस्थामा आयोगले निर्वाचन सामग्री खरिदका लागि प्रक्रिया अघि बढाएको हो । सरकारले आगामी वैशाख १७ र २७ गतेका Read More…

अर्थ

गृहलक्ष्मी र पूर्वीद्वार सहकरी एकभए, अध्यक्षमा भट्टराई

झापा । मेचीनगरको गृहलक्ष्मी र पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्था एकीकरण भएको छ । दुवै संस्था एकीकरण भएसँगै सञ्चालक समिति पनि गठन गरिएको छ । धुलाबारीमा शुक्रबार आयोजित ऐतिहासिक एकीकरण साधारण सभामार्फत पूर्वीगृह नाम दिएर सहकारी संस्थाको आगामी चार वर्षे कार्यकालका लागि नेतृत्व चयन भएको हो । सहकारी सञ्चालक समितिको अध्यक्षमा विशेश्वरप्रसाद (विपी) भट्टराई Read More…

अर्थ

चिया–नास्तामै २० अर्ब खर्च

काठमाडौं । राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायतमा खर्च बेहोर्ने व्यवस्था छ। तर, विनियोजित बजेटभन्दा ८ सय प्रतिशतसम्म बढी खर्च हुने गरेको पाइएको छ। महालेखा परीक्षक कार्यालयले अनुत्पादक खर्च नियन्त्रण गर्न सरकारलाई निर्देशन Read More…

अर्थ

फेरि बढ्यो पेट्रोलको मूल्य

काठमाडौं । सरकारले पेट्रोलको मूल्य बढाएको छ । मंगलबार साँझ नेपाल आयल निगमले पेट्रोलको मूल्य २ रूपैयाँ बढाएको हो । योसँगै पेट्रोलको मूल्य १ सय ७ रुपैयाँ कायम भएको छ । निगमले डिजेल, मट्टितेल, खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ ।

अर्थ

५ लाख ३० हजार रुपैयासहित मन्त्रालयकै गेटबाट समातिए पुर्वाधार प्रमुख

बुटवल । पुर्वाधार विकास कार्यालय बांकेका प्रमुख सिनियर डिभिजनल ईन्जीनियर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन् । प्रदेश ५ अन्तर्गत रहेको उक्त कार्यालयका प्रमुख सिनियर डिभिजनल ईन्जीनियर मनिष अर्याललाई बुटवल स्थित प्रदेश ५ भौतिक पूर्वाधार विकास मन्त्रालयकै गेटबाटै ६६-१-०७६१ नम्वरको गाडी सहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।अर्यालको साथबाट अख्तियारको टोलीले नगद ५ लाख Read More…

अर्थ समाचार स्वास्थ्य

नेपालमै कोरोना निको पार्ने औषधि बनेको दाबी

काठमाडौं ।नेपालमै कोरोनाको औषधी तयार पारेको एक आयुर्वेद आचार्यले दावी गरेका छन् । बिगत लामो समयदेखि जडीबुटीको क्षेत्रमा अनुसन्धान गर्दै आएका रुपन्देहीको भैरहवाका डा. बद्री गौतमले कोरोना भाइरसका लक्षणलाई निको पार्ने ‘अर्कबटी’ नामक आयूर्वेद औषधी तयार पारेको दाबी गरेका हुन् । उनले उक्त औषधि परीक्षण स्वरुप १५० जना संक्रमितमा प्रयोग गरिएकामध्ये १३५ जना संक्रमणमुक्त भईसकेको Read More…

अर्थ समाचार स्वास्थ्य

के तपाइलाई रातमा निन्द्रा लाग्दैन ? अपनाउनुहोस् यि उपाय !

काठमाडौं । दिनभरिको थकान मेटाउनको लागी हामीलाई निन्द्रा निकै आवश्यक छ । यदी हामीले हाम्रो निन्द्रा राम्रोसँग पुर्याउन सकिनम भने हामीलाई विभिन्न प्रकारको रोग लाग्ने गर्छ । राति सुत्दाखेरी कतिपय मानिसलाई निन्द्रा लाग्ने गर्दैन । जसले गर्दा उनीहरुको निन्द्रा राम्रोसँग पुग्दैन । निन्द्रा नलाग्नुको कारण सुत्ने तरिकामा पनि भर पर्ने गर्छ । यस्ता छन् निन्द्रा Read More…