एपिएफलाई पराजित गर्दै आयोजक फाइनलमा प्रवेश

युवराज आचार्य
झापा । आयोजक नव ज्योति युवा क्लब जारी नव ज्योति नकाउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

मेचीनगर–३ स्थित नव ज्योति निमाविको खेलमैदानमा आज भएको पहिलो सेमिफाइनलमा विभागीय टिम एपिएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक उपाधि नजिक पुगेको हो।

अत्यन्तै रोमान्चक भएको खेलमा पुजन राईको निर्णायक गोलसँगै आयोजक अन्तिम दुईमा प्रवेश गरेको हो । घरेलु समर्थकको साथ पाएको आयोजकले एपिएफ विरुद्ध खेलको दोस्रो मिनेट मै गोल गर्दै अग्रता लिएको थियो ।

बिहिवार भोली को दोस्रो सेमीफाइनल खेल धाइजन चारआली युवा क्लब र श्रीनाथ गण चारआलीबिच हुने आयोजक समितिका राजेश थापाले बताए ।

फाइनल खेलको विजेताले नगद ८० हजार तथा उपविजेता टिमले नगद ५० हजार ट्रफी र प्रमाण पत्र पाउने क्लबका अध्यक्ष चन्द्र तामाङले बताए ।