इतिहास रच्दै नेपाल जेसिज : पहिलो पटक अनलाइन मार्फत कन्फ्रेन्सको शुरुवात

बुटवल । नेपाल जेसिज क्षेत्र घ सम्मेलन आज बाट शुरु भएको छ । नेपाल जेसिजको आयोजना र सिद्धार्थ लेडी जेसिजको आथित्यतामा आयोजित कार्यक्रममा
महिला, बालबालिका, जेष्ठ नागरिक मन्त्री माननीय पर्वत गुरुङ बोल्नुहुँदै नेपाल जेसिज पनि समृद्ध राष्ट्र निर्माणको लागि महत्त्वपूर्ण भुमिका खेल्ने संस्था रहेको बताउनुभयो । वहाँले कोविडको प्रकोप विरुद्ध एकजुट भएर लाग्न आव्हान गर्नुभयो ।

नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर अशोक शंकरले बोल्नुहुँदै युवाहरु सकारात्मक हुन जरुरी छ । युवाहरु वुद्धत्वको बाटोमा हिड्नु जरुरी छ र युवाहरुले विश्व शान्तिको लागि कार्य गर्नु छ, भन्नुभयो ।

नेकपा नेतृ डा. वृन्दा पाण्डे र लुम्बिनी विकास कोषका उपाध्यक्ष अवदेश कुमार त्रिपाठीले राष्ट्रिय वर्ष २०२० को प्रकरण फ्यामिली, फ्रेन्डस एण्ड फ्युचर (family, friends & future)शिर्षकमा आफ्ना धारणाहरु राख्नुभएको थियोे ।

जेसिआई नेपालका पुर्व अध्यक्ष जेसिआई सिनेटर श्रीधर बस्यालले २०२० को प्रकरण फ्यामिली, फ्रेन्डस एण्ड फ्युचर शिर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।

कार्यक्रममा आमन्त्रित पाहुनाहरु, नेपाल जेसिजका वर्तमान राष्ट्रिय कार्यसमितिका पदाधिकारीहरु, देशभरिका शाखा अध्यक्षहरु एवम् कार्यसमितिका पदाधिकारीहरु, वर्तमान पुर्व अध्यक्षहरु, पुर्व पदाधिकारीहरु, पत्रकार गरि ७ सय भन्दा धेरै जनाको सहभागिता रहेको थियोे ।

सिद्धार्थ लेडी जेसिजका पुर्व अध्यक्ष एवम् सम्मेलन निर्देशक अन्जु जैशीले कोविड 19 ले निम्त्याएको परिस्थितिलाई चुनौतीको रूपमा मात्रै नभई एक अवसरको रूपमा लिदै यो सम्मेलन गरेको कुरा बताउनु थियोे ।
नेपाल जेसिज क्षेत्र घ निरुपित कार्यकारिणी उपाध्यक्ष शोभा खरेलको अध्यक्षता कार्यक्रम रहेको थियोे ।
सिदार्थ लेडी जेसिजका पुर्व अध्यक्ष एवम् वर्ष २०२० का सल्लाहकार जेसि दुर्गा आचार्यको संचालनमा रहेको थियो । सिद्धार्थ लेडी जेसिजका वर्ष २०२० का अध्यक्ष तुलसा भुषालले अतिथिहरुको स्वागत गर्नुभएको थियोे ।

कार्यक्रम भोलि सम्म जारी रहनेछ । सम्मेलनमा प्रकरण गोष्ठी, साधारण सभा, वक्तृत्वकला, पुरस्कार वितरण लगायतका कार्यक्रम रहनेछन् ।