आज एकैदिन थपिए अहिलेसम्मकै बढी कोरोना संक्रमित

काठमाडौँ । आइतबार देशभर कोरोनाका १२ सय २१  संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै बढी हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३८ हजार ५ सय ६१  पुगेको छ।

विगत २४ घण्टामा २ सय ६७ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। २० हजार ८ सय २२ जना निको भएर घर फर्किसकेका छन्।

हालसम्म ६ लाख ८२ हजार ३ सय ४३ जनाको पिसिआर भएको छ।