आईपीएल १३ औ संस्करणको खेल तालिका सार्वजनिक

काठमाडौं । १३ औ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको खेल तालिका सार्बजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आज लिग चरणको खेलको तालिका सार्बजनिक गरेको हो ।

प्रतियोगीताको उद्घाटन खेलमा भने यसअघिकै परम्परा अनुसार अघिल्लो सिजनको फाईनल खेलेका २ टोली मुम्बई ईण्डियन्स र चेन्नई सुपर किंग्स प्रतिस्पर्धा गर्नेछन् । सो खेल आबुदाबीमा सेप्टेम्बर १९ मा हुनेछ ।

नेपाली लेगस्पिनर सन्दिप लामिछानेआबद्ध दिल्ली क्यापिटल्सले सेप्टेम्बर २० मा आफ्नो पहिलो खेल खेल्नेछ । दिल्लीको पहिलो प्रतिद्धन्दी किंग्स एलाभेन पञ्जाव रहनेछ ।

आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म चल्नेछ । लिग चरणका ५६ मध्ये २४ खेल दुबई, २० खेल आबुधावी र १२ खेल सारजाहमा हुनेछ । प्ले अफ र फाइनल खेलको तालिका र भेन्यु भने तय नभएको बिसीसीआईले जनाएको छ ।
आईपीएलमा ८ फ्रेन्चाईज टोलीले प्रतिस्पर्धा गर्नेछन् । अघिल्लो सिजनको उपाधि मुम्बई ईण्डियन्सले जितेको थियो । एजेन्सी