अध्यक्षमा थक्लुङ्ग

झापा। झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ मा रहेको नँया बस्ती टोल विकास संस्थाको दुई वर्षे कार्यकालका लागि चौथो वार्षिक साधारणसभाबाट अध्यक्षमा भिम थक्लुङ्ग चयन भएका छन् । बुधबार मेचीनगर–८ स्थित नँयाबस्ती टोलमा सम्पन्न साधारणसभाबाट अध्यक्षमा थक्लुङ्ग चयन भएका हुन् ।

संंस्थाको सचिवमा पुष्पा देवि लिम्बु तथा कोषाध्यक्षमा हेम जवेगु चयन भएका छन् । त्यसैगरी संस्थाको सदस्यहरुमा नविन पौडेल, गीता श्रेष्ठ, गीता मेचे चौधरी, भानुभक्त ढकाल, तुलसा मिश्र र लिला कट्टेल रहेका छन् ।

संस्थाका अध्यक्ष टिकाराम रिजालको सभापतित्व तथा मेचीनगर–८ का वडा सदस्य गंगा पाठकको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गोमा खड्का, गुरु प्रसाद घिमिरे, राजेन्द्र इधिङ्गो, धर्मगुरु शंकर अधिकारी, भिम पोख्रेल, भोला तिम्सिना र हेमप्रसाद जवेगुलगायतले बोलेका थिए ।

संस्थाका उपाध्यक्ष भिम थक्लुङ्गले स्वागत गरेको कार्यक्रमको सञ्चालन राजेन्द्र इधिङ्गोले गरेका थिए ।